नेपाल आईपुगे पुबुदु दासानायके

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आईपुगेका छन् ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेका पुबुदु मंगलबार नेपाल आईपुगेका हुन् ।

पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।

त्यसअघि क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्तका लागि सिफारिस गरेको थियो ।

यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*