हेटौंडा १ बाट लागुऔषध गाँजासहित तिनजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले तरकारीको बोराबाट ६९ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तरकारी बोकेको अटो र तिनजना पक्राउ परेका छन।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले हेटौंडा-१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ३जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अटो चालक चालक मकवानपुर कैलाश – ५ कटहरे घर भई हाल हेटौडा -७ कमाने बस्ने ३४ बर्षीय सिताराम मोक्तान,उक्त लागुऔषध गाँजा ओसारपसारमा संलग्न मकवानपुर कैलाश – १ बस्ने ३३ बर्षीय अमर बहादुर गिरी र सोही ठाउँ बस्ने २६ बर्षीय ईन्द्र बहादुर मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।

पक्राउ गरिएको गाँजा र मानिसलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।पक्राउ परेका माथि आवश्यक अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*