मुख्यमन्त्री पाण्डेद्वारा तमु ल्होसारको शुभकामना

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे गुरुङ्ग समुदायहरुको महान पर्व तमु ल्होसार अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज एक शुकामना सन्देश जारी गरी स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण गुरुङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले उक्त पर्वले आपसी आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भै समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

साथै उनले विश्वभर फैलिएको कोरोनाभाइर (कोभिड–१९) संक्रमणको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो क्रममा रहेको हुँदा नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी नियमहरुको पालना गर्दै र सतर्कता अपनाइ पर्व मनाउनु सम्पूर्ण नेपालीमा आग्रह समेत गरेका छन् । उनले सामाजिक तथा भौतिक दुरी कायम गरी मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण एवं सम्बर्द्धन गर्न सबैमा आव्हान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*