आमभञ्ज्याङ्गमा फेरि भलिवलको रौनक देखिन थाल्यो
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ्गमा पुन: भलिवलको रौनक देखिन थालेको छ । जिल्लामा भलिवल खेलमा कुनै समय उत्कृष्ट खेलाडि उत्पादन गर्ने गढी आमभञ्ज्याङ्गले फेरी पनि भलिवलका खेल आयोजना गरेर खेल क्षेत्रलाई पुन: जगाउदै छ ।
जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता गढीमा भइरहेको छ । बिहिबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ वटा टिमले सहभागिता जनाइरहेका छन् । आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।