ईन्द्रसरोबरमा हेटौंडा हुँदै काठमाण्डौ गईरहेको सुमो दुर्घटना,३ जना घाईते

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ सिमखोला नजिक ‘ब्रेक फेल’ हुँदा सुमो दुर्घटनामा परेको छ ।

विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ गईरहेको प्रदेश नंबर २-०३-००१ ज,०१३० नंबरको सुमो ब्रेक फेल हुँदा आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले  बताए ।

उनले सुमो ‘ब्रेक फेल’ हुँदा अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट करिब ७ मिटर तल खसेको बताए ।

निमित्त प्रहरी प्रवक्ता सापकोटाका अनुसार सुमोमा चालक सहित ८ जना सवार रहेकोमा दुर्घटनामा दुई जना महिला र एक जना पुरुष गरेर ३ जना घाईते भएका छन् ।

उनिहरुको हात र खुट्टामा चोट लागेको र थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रहरी प्रवक्ता सापकोटाको भनाई छ । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*