गाउँमा खेती र पशुपालनको रौनक

आर्थिकरुपमा अब्बल बन्दै महिला

मकवानपुर ÷ विहान झिसमिसेबाटै बारिमा गोलभेंडाको स्याहारसुसार, गोडमेल गर्ने काममा व्यस्त देखिनुहुन्छ मकवानपुरको पूर्वी वागमती गाउँपालिका वडा नम्बर–५ मा रहेको सफलता सामुदायिक छलफल केन्द्रकी सक्रिय सदस्य जानकी दलार्मीथापा । खेतीका साथै अन्य काममा पनि समय दिइरहनुभएकी थापाजस्तै पछिल्लो समय वागमती गाउँपालिका वडा नम्बर–१ देखि ५ सम्मका एक दर्जनबढी महिला किसानको पछिल्लो समय आर्थिक दिनचर्या यस्तैदेखिएको हो ।

नारी सिप श्रृजना केन्द्र नेपाल र एडब्लुओ इन्टरनेसनलको साझेदारीमा मानवबेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाअन्तर्गत् पालिकाको ५ वडामा सामुदायिक छलफल केन्द्र सञ्चालन गरी महिलालाई सक्षम बनाउने अभियान थालिएको हो ।

केन्द्रले तालिम दिएसँगै वागमती गाउँपालिका वडा नम्बर–१ देखि ५ सम्मका महिला आयआर्जनमा कार्यमा विभिन्न तरिकाले लागेका छन् । वडा नम्बर–५, ज्यामिरेकी थापा गोडभेंडा खेतीतर्फ बढी आकर्षित हुनुभएकी हुन् । उहाँले १ वटा टनेलमा खेती गर्नुभएको छ । विगतमा गरिएको तरकारीखेतीले घरका लागिमात्र सीमित खर्च जुट्दै आएको थियो । ‘परम्परागत् तरिकाले खेती गरिने हुँदा थोरैफल्ने गरेको थियो,’थापाले भन्नुभयो–नारी सिपले तरकारीखेती गर्ने आधुनिक र सरल तरिका सिकायो। र,हाल सोचेभन्दा उत्पादन राम्रो छ।

‘पहिला बारिमा त्यतिकै रोप्थ्यौं, राम्रो फल्ने थिएन । भरपर्दो आम्दानीको स्रोत हुने थिएन । हाल भने आश लागेको छ,’ उहाँले थप्नुभयो–हामीलाई नारी सिपले तालिम दियो, तालिममात्र दिएन,बारिमै तरकारीखेती गर्ने तरिका, रोगकीरा रोकथाम, बारि तयार गर्ने, बिरुवा रोप्ने र टिप्नेदेखि बजारमा बेच्नेसम्म कार्य सिकाएपछि आत्मबल बढ्यो । ‘नबिक्ला भन्नै पर्दैन, उत्पादन नहुँदै सोध्न आउँछन् । बिक्रीसमेत गाउँमै हुने आश गरेकी छु,’ उहाँले थप्नुभयो ।एक टनेलमा कम्तिमा २५ हजार र बढीमा ८० हजार आम्दानी दिन्छ भनेर सिकाउनु भएकोछ ।फलेको देख्दा धेरै आम्दानी हुने आश गरेकी छु’ थापाको खुशीछ ।
वागमती गाउँपालिका वडा नम्बर—२ की दहमाया पुलामीले पनि नारी सिपकै सहयोगमा एउटा टनेलमा गोलभेंडा खेती गर्नुभएको छ । वडा नम्बर—२ मा रहेको सम्झना सामुदायिक छलफल केन्द्रकी सदस्य पुलामीले टनेलमा गोलभेंडामात्र लगाउनु भएन, काँक्रो खेतीसमेत गर्नुभयो । स्वदेशमै आयआर्जनको अवसर सिर्जना गरी मानव बेचबिखन र असुरक्षित बसार्इंसराइको जोखिमलाई कम गर्न परियोजना सञ्चालन गरी महिलालाई आयआर्यजनतर्फ नारी सिपले गरेको सहयोगको पुलामीले खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–शुरुमा संस्थामा आवद्ध हुनुस्, छलफल छ आउनुस् भनेर बोलाउनु हुन्थ्यो । यता काम छाडेर के जानु भनेर कयौँ पटक गइनँ । तर, संस्थामा आवद्धतापश्चात् आत्मबल र हौसला बढेकोछ । पुलामीले भन्नुभयो–हामीलाई मानव बेचबिखन र स्थानागमनबारे धेरै कुरा सिकाउनुभएको छ । त्यतिमात्र नभएर संस्थाआवद्ध भएपछि विभिन्न सिपमूलक तालिमहरु पायौं । र, हाल त्यही तालिमको प्रतिफल हो गोलभेंडा खेती ।

उहाँले पहिलो लटमा गोलभेंडासँगै टनेलमा काँक्रो खेती गरेर छरछिमेक र आफन्तलाई उपहारसहित करिब २५ केजी बिक्रीसमेत गर्नुभयो । ‘नारी सिपले हामीलाई बाटो देखाइदियो । अब त उहाँ (पति) को भर पर्नुनपर्ने भयो । टनेलमा थोपा सिचाईंबाट गोलभेंडा,काँक्रो र साग रोपेकी थिएँ । सोचेभन्दा दुईगुना बढी फल्यो,’ उहाँले भन्नुभयो–काँक्रोेबाट राम्रो आम्दानी लिएँ र अब गोलभेंडा टिप्ने समय हुन लाग्यो । यसलाई बढाएर अर्को टनेल पनि थप्ने योजना बनाउँदैछु । पुलामी आफंैले अर्गानिक औषधी उत्पादन गरी अर्गानिकरुपमा तरकारी उत्पादन गरिरहनुभएको छ । ‘मैले यसमा कुनै रासायनिक औषधी प्रयोग गरेकी छैन । अब स्वस्थ्य तरकारी आफू खाने हो, अरुलाई पनि खुवाउने हो,’उहाँले हाँस्दै भन्नुभयो ।

यसअघि उहाँ अन्य किसानझैं खेतबारिमा परम्परागत् तरिकाले धान, गोलभेंडालगायत बाली लगाउनुहुन्थ्यो । परिवार खर्च धान्न त के तरकारी किन्नसमेत खर्च पुग्दैन थियो । घरखर्च चलाउन निकै गाह्रो थियो। हरेक कामका लागि पतिको मुख ताक्नु पर्दथ्यो । ‘नारी सिप श्रृजना केन्द्रले मेरो आर्थिक बाटो खुलाइदियो,’ पुलामीले थप्नुभयो–अब ममात्र होइन, गाउँका महिलालाई टनेलमा खेती गर्नेतर्फ उत्साहितगर्नेछु ।आफूले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै अन्य सदस्यको पनि अर्थोपार्जनमा सहयोग गर्ने उहाँको भनाइ छ । तरकारी खेती गर्न थालेपछि उहाँलाई घरखर्च आफैं धान्न सक्छु भन्ने आँट आएको सुनाउनुभयो ।
उहाँ किसानलाई जेजसरी उत्पादन गर्दा फाइदा हुन्छ, त्यहीअनुसार खेतीप्रणाली अपनाउनुपर्ने बताउनुहुन्छ । ‘हामीले पुर्खाको पालाबाट परम्परागत् खेतीलाई जोड दिँदै आएका छौं । तर, परम्परागत् खेती धान, मकै, गहुँ, तोरीेबाट त्यति आम्दानी नहुने, विकल्प नभएपछिपुरानै ढर्रामा खेती गर्दै आएको सुनाउनुभयो । ‘अब व्यावसायिक तरकारी खेतीसम्बन्धि तालिम लिएकी छु । अब यसतर्फ लाग्नेछु,’ उहाँले काँक्रो बिक्रीसँगै मौसमअनुसार तरकारीे खेती गर्ने हो भने पैसा कमाउन दुःख नभएको र विदेश जानुपर्दैन भन्ने लागेको बताउनुभयो ।
२०२१ को जनवरीबाट सञ्चालित परियोजनाले महिलालाई विभिन्न व्यावसायिक खेतीर पशुपालनसम्बन्धि तालिम दिएको थियो । यस भेगका महिला कम लगानी र सरल तरिकाबाट साँझविहानको मेहनतले मात्र गोलभेंडा खेती गर्न सकिने भएकाले उक्त खेतीतर्फ बढी आकर्षित हुन थालेको नारी सिप श्रृजना केन्द्र नेपाल वागमतीका आउटरिच कोअर्डिनेटर केबल बिश्वकर्माले बताउनुभयो ।
तरकारी उत्पादनयोग्यक्षेत्रले आफ्नो आर्थिक स्वरुप बदल्दैछ । उक्त क्षेत्रमा काउली, मुला, बन्दालगायत तरकारी उत्पादन हँुदै आएको छ । भण्टा, माछे÷पिरो खुर्सानी, प्याज यहाँको बैकल्पिक तरकारी बालीका रुपमा रहेको छ । गोलभेंडा दैनिकरुपमा अचार, सलाद र काँचै खाने गरिन्छ । यसबाट पर्याप्त मात्रमा भिटामिन ‘सी’ पाइने भएकाले यसको महत्व बढेको पाइन्छ ।
गोलभेंडा खेतीलाई एकपटक लगाएपछि निरन्तररुपमा लामो समयसम्म उत्पादन लिन पाइने भएको र काम गर्न खासै झन्झट हुने नहँुदा कृषकहरु यसतर्फ लागेका छन् । किसानका अनुसार गोलभेंडा वर्षमा दुई पटक राम्रोसँग गर्न सकिन्छ । चैतदेखि मंसिरसम्म बेमौसमीरुपमा गोलभेंडा खेती गर्न सकिन्छ भने अन्य सिजन गोलभेंडाको सिजन मानिने कृषि प्राविधिकसमेत रहनुभएका जनता माविका शिक्षक वीरेन्द्र समालले बताउनुभयो । ‘गोलभेंडा खेती सबै प्रकारको माटोमा हुन्छ । तर, सकभर मलिलो, पानी लाग्ने र दोमट माटो भएको जमिन उपयुक्त मानिन्छ,’समालको भनाइछ ।

सलक्क परेका पाठी देख्दा दंग

वागमती गाउँपालिका वडा नम्बर–४ कीनाङ्शलमाया पाख्रिनले उन्नत बोका (बोयर) मार्फत् आफूले पालेका बाख्रामा प्रजनन् गराएर १ वटा पाठी उत्पादन गराएकी छन् । सलक्क परेका र हलक्क बढिरहेका पाठी देख्दा उहाँ खुशीले गद्गद् हुँदै आगामी दिनमा धेरै संख्यामा बाख्रा पालेर त्यसबाट व्यावसायिक बन्ने इच्छासाथ अघि बढिरहनुभएको छ ।
वागमती—३ की पासाङ लोप्चनसुरुमा त गाउँमा बोयर बोका देख्दा छक्क पर्नुहुन्थ्यो । कहाँ बाख्रा पनि यति ठूलो हुन्छ होला र भन्दै छक्क पर्नुभएकी उहाँले पनि परीक्षणका लागि भन्दै आफूले पालेका बाख्रालाई बोयर बोकामार्फत् प्रजनन् गराउने तयारीमाहुनुहुन्छ । उहाँले भन्नुभयो–गाउँघरमा धेरै बाख्राबाट प्रजनन् गराएका छौं । हाल बोयर बोकामार्फते४ पाठापाठी उत्पादन भएका छन् । सलक्क परेका पाठापाठी खेलाउँदै उहाँ भन्नुहुन्छ–अब सबैले उन्नत जातका बाख्रा पालेर आम्दानी बढाउनुपर्छ,लोकल जातको पालेर फाइदा नहुने रहेछ।

नारी सिप श्रृजना केन्द्र नेपाल र एडब्लुओ इन्टरनेसनलको साझेदारीमा मानवबेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाअन्तर्गत् सञ्चालित छलफल केन्द्रमा आवद्ध महिलालाई उन्नत जातका बाख्रापालनबाट कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर गत वर्ष २ वटा उन्नत खालका बोयर बोका कृषकलाई वितरण गरिएको थियो । यस वर्ष ५ वटा वडामा बाख्रा वितरण गरिएको छ ।

नारी सिपबाट बाख्रा पाएकीवागमती—५, ज्यामिरेकी लक्ष्मी दर्लामीथापाले नारी सिपले बाख्रामात्र दिएन, कसरी व्यावसायिक पशुपालक बन्ने भन्ने तालिमसमेत दिएको छ । ‘अब यसबाट मनग्य आम्दानी गर्ने र नमूना बनेर देखाउने लक्ष्य छ,’ उहाँले बताउनुभयो । उहाँजस्तै धेरैले व्यावसायिक पशुपालनबारेतालिम लिएर बाख्रापालन गर्दै आएका छन् । उक्त क्षेत्रलगायत अन्य वडामा समेत बोयर बोकामार्फत् हाल गाउँमा उन्नत पाठापाठी उत्पादन हुन थालेपछि किसान खुशी बनेका छन् । थोरै मासु भएका साना बाख्रा पाल्दै आएका किसान उन्नत जातका बाख्रा पालेर त्यसबाट समृद्धि खोज्न यतिबेला उत्सुक देखिन्छन् ।

मानव बेचबिखनर असुरक्षित बसार्इंसराइ न्यूनीकरण गरी आयसृजना गर्ने, साधन, सिप र ज्ञानको पहुँच वृद्धि गर्ने उद्धेश्यसाथ नारी सिप सृजना केन्द्र अगाडि बढेको कार्यक्रम संयोजक गीता अर्यालले बताउनुभयो । दीगो जीवीकोपार्जन विकास, बसार्इंसराइ र बेचबिखन सम्भावित अवस्था भएकामा सचेतना, पैरवीमार्फत् असुरक्षित बसार्इंसराइ र बेचबिखनबाट रोक्ने र सुरक्षित बनाउने लक्ष्यसाथ कार्यक्रम सञ्चालन गरिँदै आएको मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन कार्यक्रम संयोजक ज्योति बोम्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो–आर्थिकरुपमा गरिब, सीमान्तकृत, कमजोर अवस्थाका महिला, पुरुष, युवा, विद्यार्थी, असुरक्षित बसार्इंसराइ तथा मानव बेचबिखनका शिकारमा परेका, मानव बेचबिखनबाट जोगिएका समुदायका सदस्यलाई लक्षितगरीनारी सिपले कार्यक्रम सञ्चालन गरिरहेको हो ।हाल नारी सिप सृजना केन्द्रले वागमती गाउँपालिका–१, २, ३, ४ र ५ मा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । संयोजक बोम्जनले भन्नुभयो,शुरुमा पालिकालाई टोल छनोट गर्न दियौँ र सोहि अनुसार हामी काम शुरु ग¥यौँ’ शुरुममा काम गर्न निकै गाह्रो भएता पनि पछि संस्थाको कार्य देखेर जनप्रतिनिधिहरु समेत खुशी भएको उहाँको भनाई रहेको छ। उता गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले नारी सिपले गरेको कार्य देखेर हामी दंग भएको बताउनु भयो । धेरैसंस्थाहरुले सचेतना मात्रै दिने गरेको तर नारी सिपले सचेतना मात्रै नभई जिविको पार्जन गर्न समेत सहयोग गरेको भन्दै यस्ता खाले संस्थाहरुलाई पालिकाले सदैव स्वागत गर्ने उहाँको भनाई छ ।

मौरीपालनतर्फ पनि आकर्षण

नारी सिप श्रृजना केन्द्र मकवानपुरले वागमती गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरेको छ । गाउँपालिकामा मौरीको व्यवसाय परीक्षणका लागि नारी सिपले मौरीको घारसहित मौरी वितरण गरेको हो । वडा–१,२ र ५ वडामा मौरीसहित २२जनालाई ४४ वटा घार वितरण गरिएको नारी सिप श्रृजना केन्द्र नेपाल वागमतीका आउटरिच कोअर्डिनेटर बिश्वकर्माले बताउनुभयो । व्यावसायिकरुपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिने हुँदा घार वितरण गरिएको बिश्वकर्माको भनाइ छ ।
वडा नम्बर–४ की उर्मिला स्याङ्तानले २ वटा घारमा मौरी पाल्नुभएको छ । खेतीयोग्य जमिन र जंगलआसपास गाउँ मौरीका लागि नयाँ पालुवा र फूलका रसहरु सहज पाइने हुँदा व्यावसायिकरुपमा लैजान सकिन्छ भनेर तालिम लिएर मौरीपालन सुरु गरिएको बताउनुभयो ।‘तालिमपछि मौरीपालन तरिकाबारे थाहा भयो,’ उहाँले भन्नुभयो । मौरीपालनका लागि ठाउँ सुहाउँदो रहेको जानकारीपश्चात् नारी सिपले हामीलाईघारसहित मौरी दियो। हाल पालिरहेका छौं । अब केही समयपछि मह निकाल्ने तयारीमा छौं,’ स्याङ्तानले बताउनुभयो । ‘सोचेजस्तो त अहिले नै गर्न सकेका छैनौं । तर,केही समयपछि राम्रो उत्पादन होला,’ उहाँले थप्नुभयो ।
ठूलीमाया थिङले पनि २ वटा घारमा मौरी पाल्नुभएको छ ।उहाँले धेरै दुःख र लगानी गर्नुनपर्ने भएकाले मौरीपालन व्यवसाय छानेको बताउनुभयो । तर, कमिला लाग्ने गरेको भन्दै सोचेजस्तो राम्रो गर्न नसकिएको बताउनुभयो । ‘पहिलो अनुभव हो, यसबाट पाठ सिकेरराम्रो भए अर्को घार थप्ने योजना छ,’ थिङले योजना सुनाउनुभयो ।
नारी सिपले सिकेका सिपलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक सहयोगसमेत गरेर आयआर्जनमा जोड दिइरहेको छ भनेसमूहका सदस्यलाई व्यक्तित्व विकास, मानव बेचबिखन तथा सुरक्षित स्थानागमनसम्बन्धि सचेतना, विभिन्न सिपमूलक तथा व्यावसायिक तालिमसमेत प्रदान गर्दै आएको छ । रुपक कालीराज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*