हेटौंडा–९ मा २९ लाख लागतमा गुम्बा बन्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बिभीन्न धार्मिक समुदायहरुको मन्दिर निर्माण, गुम्बा निर्माणका कामले तिब्रता पाएका छन् । धार्मिक क्षेत्रलाई पर्यटनसंग जोड्ने काम पनि भएको छ । धार्मिक र पर्यटकिय क्षेत्रलाई जोड्दा सबै समुदायहरु घुम्न र धर्म गर्नका लागि आउने गरेका छन् ।

हेटौंडाका धेरैजसो वडामा स्थानीय समुदायहरुको अगुवाइमा गुम्बा निर्माणका काम भइरहेका छन् । यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा गुम्बा निर्माणका लागि शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गुम्बाको शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर महतले हरेक समुदायको आफ्नो धर्म, संस्कृति रहेकाले यसको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

अरु बिभीन्न भवन निर्माणका कामसंगै गम्बा निर्माणमा पनि आफुहरुले प्राथमिकता दिएको बताउनुभयो । यस गुम्बा निर्माणका लागि स्थानीय सरकारले २९ लाख रुपैयाँ सहयोग गरेको मेयर महतको भनाई छ । दुइतले सुबिधा युक्त गुम्बा निर्माण हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*