राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु, १४ खेलाडी सहभागी
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबार बिहानबाट सुरु भएको छ । आगामी फेब्रुअरीमा हुने टि–ट्वान्टी विश्वकपको ग्लोबल छनौटको तयारी गर्न क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । तीमध्ये १४ खेलाडी पहिलो दिनको प्रशिक्षणमा सहभागी भए ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु प्रशिक्षणमा नौ खेलाडी भने अनुपस्थित भए । ती खेलाडीहरू मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सम्पर्कमा पुगिसकेका छैन । सम्पर्कमा नपुगेका खेलाडीहरूमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी, कुशल भुर्तेल, करण केसी, रोहितकुमार पौडेल, अविनाश बोहोरा र सन्दीप जोरा छन् । यी खेलाडी सोमबार बेलुकासम्म टिम बसेको होटेल पुग्ने र उनीहरूको कोभिड–१९ जाँच ९पीसीआर० हुने बताइएको छ ।
अन्य ६ खेलाडीको भने पीसीआर रिर्पोट आउँन बाँकि रहेको बुझिएको छ । कप्तानमा नियुक्त भएका सन्दीप लामिछाने भने हाल अस्ट्रेलियामा लिग खेलिरहेकाले बन्द प्रशिक्षणमा उपस्थित छैनन् ।