हेटौंडा – १ नकौलीमा १७० बिद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १ नकौलीका १ सय ७० बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शतप्रतिशत तामाङ्ग समुदायको बालबालिका अध्ययन गर्ने नकौलीको कालिका आधारभूत बिधालयका १सय ७० जना विद्यार्थीलाई आईतवार स्वीटर वितरण गरिएको हो ।

सन अफ लाईफका सदस्य एवं स्वास्थकर्मी राजु गुरुङ्गको सहयोग तथा हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सबिन न्यौपानेको समन्वयमा विद्यार्थीलाई स्वीटर प्रदान गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष सबिन न्यौपानेले उपमहानगरपालिका भैकन नकौली पिछडिएको गाउँ भएको बताए । यहाँ अधिकाश तामाङ समुदायको बसोबास रहेको बताउदै जाडोको समयमा न्यानो कपडाको अभावमा बिद्यार्थीहरु समयमा बिधालय नआउने समस्यालाई अबका दिनमा समाधान हुने बताए ।

न्यानो कपडा वितरण गर्दै सहयोगी राजु गुरुङ्गले सस्थाले जिल्लाका विभिन्न बिधालयमा सहयोग पुर्याउदै आएको बताए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक सुकदेव काफ्लेले बिधालयमा शतप्रतिशत तामाङ बिद्यार्थी अध्ययन गर्ने गरेको बताए ।

आर्थिक अवस्था नाजुक रहेका विद्यार्थीहरु जाडोकै कारण बिधालय अनुपस्थित भैरहेका अवस्थामा सहयोगीदाताबाट बिद्यार्थीहरुलाई न्यानो कपडा सहयोगले राहत महसुस भएको भन्दै सहयोगीदातालाई धन्यवाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*