हेटौंडा १८ मा किसानलाई चिलिङ भ्याट हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ राजदेविमा किसानले स्थानीय दुग्ध सहकारीलाई बिक्री गरेको दुधलाई चिसाउने गरी चिलिङ भ्याट हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले चिस्यान भ्याट हस्तान्तरण गर्नुभयो ।

जेनेरेटरसहित कुल १६ लाख रुपैयाँ लागतमा स्यिान केन्द्र स्थापना गरेर मेयर महतले उद्घाटन् गर्नुभयो । पहिले दुध चिसो पार्ने मेसिन नहुँदा स्थानीय किसानको दुघ फाट्ने लगायतका समस्या रहेका थिए । अब भने त्यो समस्या हटेको मेयर महतको भनाई छ । चिलीङ भ्याटले गर्दा धेरै सहज भएको किसानहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*