पर्यटन मन्त्री प्रेम आलेद्धारा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएपछि संग्रहालय व्यवस्थापन तथा संचालन समितिले रोक लगाएको सुचना जारी गरेको हो ।

दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले रेष्टुरेन्ट नबनाउन मौखिक निर्देशन दिएको भन्दै अर्को आदेश नहुन्जेलसम्मको लागि रोक लगाएको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले सुचनामा उल्लेख गरेको छ ।

पुर्व पर्यटन मन्त्री योगेश भट्टराईको पालामा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्यका लागि समिती र एक निजी कम्पनी बीच सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*