यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने गर्भनर अधिकारीको भनाई
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उहाँले यो वर्ष धान उत्पादनमा आएको कमीले उत्पादन घट्दा ७ प्रतिशतको आर्थिक वृद्धि पुर्याउन मुस्किल हुने बताउनु भएको हो ।
आर्थिक वर्ष ०७८/७९ को बजेटमै ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । केही समय यता कोभिड्को केही पोजिटिभ सिग्नल आउन थालेका भन्दै उहाँले बजारमा कर्जा प्रवाहमा वृद्धि भएको उल्लेख गर्नु भयो । यो समयमा विश्वभर नै मूल्य वृद्धि भैरहेको छ । त्यसको प्रभाव स्वरुप नेपाली बजारमा पनि मुल्य बढ्ने उहाँले बताउनु भयो । ‘अहिले मुल्यवृद्धि ६.५ प्रतिशतको सिमाभित्र राख्न चुनौती छ’, उहाँले भन्नुभयो ।
आयतको प्रभाव तरलतामा परेको उल्लेख गर्दै गर्भनर अधिकारीले बढ्दो आयातले अर्थतन्त्रमा चुनौती थप्ने बताउनु भयो । ‘पछिल्लो समय रेमिटेन्स खुम्चिरहेको र ५ महिनाको अन्तसम्ममा शोधनान्तर घाटा अझै बढ्न सक्छ’, उहाँले भन्नुभयो । राष्ट्र बैकले मार्केट प्यानिक हुन नदिन ५ महिनामा २७ खर्व २१ अर्व बजारमा पठाएको गर्भनर अधिकारीले जानकारी दिनु भयो । पुस २२ पछि बैंकले तरलतामा अलि सहज अनुभुत गरेको उहाँले बताउनु भयो ।
अहिले कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.१ प्रतिशत, कृषिको २५.८ प्रतिशत छ भने उद्योगको घट्दै गएर १३।१ प्रतिशत पुगेको छ । यस्तै, यो वर्ष बढिरहेको आयतको प्रभाव स्वरुप शोधनान्तर स्थितीमा चाप पर्नुको साथै चालु खाता घाटा सम्म बढने गर्भनर अधिकारीले बताउनु भयो ।