विपन्न बचतको ११ औं वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा । हेटौंडामा रहेको विपन्न सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा–११ सिमलटारस्थित रहेको सहकारीको आइतबार सम्पन्न भएको साधारणभाले कमलचन्द्र भुर्तेल (सुमन)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

गोविन्द्र प्रसाद (जी) न्यौपानेको संयोजगत्वमा भएको निर्वाचनमा सहकारीको उपाध्यक्षमा सिताराम श्रेष्ठ, सचिवमा पेमा दोर्जे घिसिङ, सह–सचिवमा आशा दर्लामी मगर, कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः सोनु लामा, रमेशबहादुर कुमाल, नानीमैया थिङ, सर्मिला लामा, पार्वती खुलाल र दुर्गा पोखरेल चयन भएका छन् । लेखा समितिको संयोजकमा भने पुनः यदु पोखरेल चयन भएका छन् ।

संस्थाका अध्यक्ष दुदुमाया थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उद्योग पर्यटन, रोजगार तथा सहकारी प्रवद्र्धन शाखा प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा–११ का वडा सदस्य जुना दाहाल, सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*