भारतबाट नेपाल फर्कनेहरुको संख्या बढ्दै ,गाउँ गाउँमा त्रास

कैलाली । भारतबाट नेपाल फर्कनेहरुको संख्या निकै बढेपछि कैलालीका गाउँ गाउँमा त्रास बढेको छ । भारतसंग सीमा जोडिएको रानी नाका हुदै आउनेहरुको संख्या पछिल्ला दिनमा निकै बढेको छ ।

धनगढीको त्रिनगर र टीकापुरको सत्ती नाकामा केही कडाई गरिए पनि अबैध सिमाबाट कैलाली प्रवेश गर्नेहरुको संख्या पनि बढ्दो छ ।

त्रिनगर र टीकापुर नाकामा कोरोना परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । संक्रमण बढ्न थालेपछि केही सामुदायिक तथा निजी विद्यालयहरु बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*