पूर्वराजाले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन्।

उनले पृथ्वीनारायण शाहको सालिकमा मंगलबार मध्यान्ह १२ः३० बजे माल्र्यापण गर्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका हुन्।

पाठकले सोमबार एक सूचना जारी गर्दै ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएको जानकारी दिएका छन्।

मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*