राक्सीराङमा विपन्न परिवारलाई कम्वल वितरण

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्वल) वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो ।

कांग्रेस राक्सीराङ गाउँपालिका ४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बानियाँले रतुवाका ४ सय ७५ घरपरिवार र राक्सीराङकै सुर्योदय माविको छात्रावासका विद्यार्थीहरुलाई ४० थान न्यानो कपडा कम्वल वितरण गरेका हुन् ।

यस्तै बाँकी १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्न कांग्रेस राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बालाई हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बोल्दै नेता बानियाँले आफूले निर्वाचन जितेर गएपछि यसभेगका जनतालाई सहयोग गरिरहेको र भोलिका दिनमासमेत दिलोज्यान दिएर जनताको सेवामा लागिरहने प्रतिवद्दता व्यक्त गरे ।

अघिल्लो वर्षहरुमा समेत जाडोमा न्यानो कपडा, कोरोना समय र चाडबाडमा खाद्यान्न वितरण गरेकोले यसवर्ष पनि जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य चेपाङ तथा तामाङ बस्तीमा थोरै भएपनि राहात पुग्ने भएकाले न्यानो कपडा वितरण गरिएको नेता बानियाँले बताए ।

नेता बानियाँले आफूले निर्वाचित भएर गएपछि यस क्षेत्रका सडक, बाटोहरुमा बजेट हालेर काम गरिरहेको बताउँदै मनहरीबाट परेवाभिर हुँदै मलेखु जोड्ने सडक निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेकाले चाँडै नै स्थानीय जनताले आफ्ना बारीमा उब्जनी भएका तरकारी खाद्यान्न बजारम्म पु¥याएर जिविकोपार्जन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, महाधिबेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवं राक्सीराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सीराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सीराङ गाउँपालिका ४ का तरुण सभापति हिरालाल भ्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*