काठमाडौं र ललितपुरमा आजदेखि बालबालिकालाई खोप दिन शुरु

काठमाडौं । काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई कोरोनाको फाइजर खोप लगाउन शुरु गरिएको छ । २०६१ मंसीरदेखि २०६६ मंसीरसम्म जन्म मिति रहेका बालबालिकाहरुले खोप लगाउन पाउने छन् ।

स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा माघ ७ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । २ सय भन्दा बढी विद्यार्थी रहेका उच्च माध्यामिक र माध्यामिक विद्यालयहरुमा खोप केन्द्र राखिएको छ ।

कुन विद्यालयमा कहिले खोप केन्द्र राख्ने भन्ने निर्णय लिने जिम्मा वडा र वडा स्वास्थ्य कार्यालयलाई दिइएको छ । हाल विद्यालयहरु बन्द रहेकाले एक साताभित्रै खोप अभियान पूरा गर्ने लक्ष्य राखिएको छ ।

विद्यालयहरुले विवरण पठाईसकेकाले थप कुनै परिचयपत्र आवश्यक नपर्ने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । भक्तपुरमा भने गत शुक्रबारदेखि नै बालबालिकाहरुलाई खोप लगाउन शुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*