१८३ किलो गाँजा सहित मकवानपुरबाट एकजना पक्राउ

हेटौँडा । तरकारीको क्रेटमा १८३ किलो गाँजा बोकेर आएको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रण लिएको छ । तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका हुन् ।

पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश-३-०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि जाँच गर्दा गाँजा सहित एकजनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन।

पक्राउ हुनेमा भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*