हेटौंडा–१७ र १८ मा दुइ ठुला पक्की सडक निर्माण हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा दुइ ठुला पक्की सडक निर्माण गर्नका लागि निर्माण कम्पनिसंग संझौतापत्रमा हस्ताक्षर गरिएको छ । दुइवटा वडामा गरी तीन करोड ६६ लाख रुपैयाँ लागतमा दुइवटा सडक निर्माण गर्नका लागि उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको रोहबरमा संझौता गरिएको हो ।

दुइवटै सडक समय अगाबै निर्माण सकेर पुरस्कार लिन समेत मेयर महतले आग्रह गर्नुभयो । उपमहानगरपालिका भित्रका केही सडकमा समयमै काम नगरेर कालोसूचिमा राख्नुपर्ने बाध्यता रहेको वताउँदै मेयर महतले यस कम्पनिले छिटो सडक निर्माण सकेर हस्तान्तरण गर्न पनि आग्रह गर्नुभयो । अहिले हेटौंडाका गाउँगाउँमा विकास निर्माणका कामले गति दिइएको र यसै अनुसार काम भइरहेको उहाँले बताउनुभयो । हेटौंडा–१७ को कठायतचोकबाट बालबोध माध्यमिक बिद्यालयसम्मको सडक कालोपत्रे गर्नका लागि संझौता गरिएको छ ।

यस सडक निर्माणका लागि एक करोड ७६ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण गर्नका लागि स्वछन्द निर्माण सेवा कम्पनि संग संझौता गरिएको हो । कम्पनिसंग उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले संझौता गर्नुभयो । यसैगरी हेटौंडा–१८ को एक्लेखेत– राजदेवि सडक निर्माण गर्नका लागि निर्माण कम्पनिसंग एक करोड ८९ लाख ९८ हजार रुपैयाँ लागतमा संझौता गरिएको हो ।

दुबै स्थानको सडक निर्माणका लागि स्वछन्द निर्माण सेवा प्रालिका लागि टेण्डर परेको थियो । दुबै ठेक्काको काम समयमै सक्ने निर्माण कम्पनिका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । पछील्लो समयमा हेटौंडामा विकासका कामले निकै गति लिएको प्रमुख प्रशासकिय अधिकृत चौलागाईले बताउनुभयो । हेटौंडामा ठुला विकास निर्माणका काम सबैजसोको संझौता गरिसकिएको छ । जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*