हेटौंडा १५ का बिद्यार्थीलाई पोसाक तथा न्यानो कपडा वितरण

हेटौंडा । वनदेवि माध्यमिक बिद्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का बिद्यार्थीहरुलाई बिद्यालय पोसाक तथा न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस विद्यालयका २ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र बिद्यालय पोसाक हस्तान्तरण गर्नुभयो ।

अहिलेको जाडो समयमा पनि गरिबीकै कारण पातलो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यता भोग्दै आएका यहाँका दलित, जनजाती र विपन्न परिवारका बालबालिकाहरुलाई बितरण गरिएको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाले पढ्न नपाएका गरिब परिवारका बालबालिकालाई पढ्नका लागि सहयोग गर्दै आएको छ ।

गरिब बिद्यार्थीलाई कापी कलम, बिद्यालय पोसाक, झोला लगायतका सामाग्री बितरण गर्दै आएको मेयर महतले बताउनुभयो । हेटौंडाको पनि बिकट क्षेत्रका बालबालिकाहरु गगरिबीकै कारण शिक्षाबाट बन्चित हुन नपरोस भनेर बिद्यार्थीलाई सहयोग गरिदै आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*