हेटौंडाको कुष्माण्ड सरोवरमा शिसमहल र बोटिङको व्यवस्था
हेटौंडा । हेटौंडाको कुष्माण्ड सरोवर त्रिबेणी धाममा संरचना थपीदै गएका छन् । हेटौंडाको पर्यटकिय गन्तब्य मध्यमा त्रिबेणी धाम पनि एक हो । यो हेटौंडाको धार्मिक तथा पर्यटकिय गन्तब्य हो । यहाँ एक सय ८ धारामा नुहाउन र घुम्नका लागि आउनेहरु निकै बढ्न थालेका छन् ।
यहाँको संरचना निर्माण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले बिशेष सहयोग गरेको छ । हरेक वर्ष यहाँ धार्मिक र पर्यटकिय क्षेत्रका लागि थप काम हुने गरेको छ । अहिले निर्माण गरेको संरचना शिस महल र बोटिङको उध्घाटन् गरिएको छ ।
हेटौंडाको कुष्माण्ड सरोवर त्रिबेणी धाममा निर्माण गरिएको शिसमहलको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिसमहलको उद्घाटन् गर्नुभयो ।
यसैगरी त्रिबेणी धाममा बाट सञ्चालनमा ल्याइएको मोटरबोटको पनि उद्घाटन् गर्नुभयो । पछील्लो समयमा हेटौंडाको कुष्माण्ड सरोबर त्रिबेणी धामको विकास भएकोमा मेयर महतले खुसी ब्यक्त गर्नुभयो । हेटौंडाका महत्वपूर्ण पर्यटकिय गन्तब्य मध्यमा त्रिबेणी धाम पनि एक रहेको बताउनुभयो ।