ओम वृद्धाश्रमलाई हेटौंडा उपमहानगरद्वारा हिटर हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई १० वटा इलेक्ट्रिक हिटर हस्तान्तरण गरेको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वृद्धाश्रमको व्यवस्थापन समितिलाई हिटर हस्तान्तरण गरेका हुन् । जाडो समयमा वृद्धवृद्धाहरुलाई धेरैनै समस्या हुने भएकाले हिटर हस्तान्तरण गरिएको मेयर महतले बताए ।

वृद्धवृद्धाहरुलाई चिसोकै कारण रुघा, खोकी लाग्ने जस्ता समस्या भोग्दै आएका थिए । छोरा, छोरी र आफन्तहरुले हेरचाह नगरेकै कारण वृद्धवृद्धाहरु वृद्धाश्रममा बस्नुपरेकाले उनीहरुका लागि स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएको मेयर महतले बताए । हेटौंडामा रहेका विभिन्न वृद्धाश्रम, मानब सेवा आश्रमलाई उपमहानगरपालिका सहयोगी बन्दै आएको छ ।

वृद्धाश्रम र मानब सेवा आश्रमका लागि भवन निर्माण गर्न, अरु खालका सहयोगहरु निरन्तर रुपमा गरिदै आएको मेयर महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*