मकवानपुरमा थप १ सय ८१ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप १ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ ।

पछिल्लो २४ घण्टामा १८९ जनामा पिसिआर र ७१ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २६८ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितले संक्रमणलाई जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*