मकवानपुरको दामन क्षेत्रमा हिमपात,त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहिबार राति हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ(दामन सडक अवरुद्ध भएको छ ।

सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते उक्त क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*