मधेस प्रदेशमा १४ जनामा ओमिक्रोन पुष्टि

जनकपुरधाम – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ।

मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको उनले बताए।

पछिल्लो समय मधेस प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिएका छन्। बिहीबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७ जनामा कोरोना संक्रमण देखिएको थियो।

हाल यस प्रदेशमा १ हजार २११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयुमा ४ जना र बाँकी होम आइसोलेसनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*