मकवानपुरका १४७३ छात्राहरुलाई शैक्षिक सहयोग वितरण

मकवानपुर । अमेरिकन हिमालयन फाउणडेसण को आर्थिक सहयोग मा स्थानीय संस्था महिला तथा बालबालिका सरोकार केन्द्र र ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि को सहकार्यमा संस्थाले ‘बालिका शैक्षिक सहयोग’  कार्यक्रम अन्तर्गत बालविवाह , बालश्रम , वेचविखन , विभिन्न हिँसा र दुर्व्यवहार मा परेका र पर्न सक्ने जोखिम भएका , विभिन्न कारणले शिक्षा बाट बन्चित बालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निरन्तर शैक्षिक् सहयोग गर्दै आइरहेको छ ।

मकवानपुर जिल्लामा २०५९ साल देखि निरन्तर रुपमा यस कार्यक्रम संचालन हुदै आइरहेको छ । मकवानपुर जिल्लाको मनहरी गाउपालिकाको १० वटा विधालयका ३१२ जना,राक्सिरांग गाउपालिकाका २३ वटा विधालयका ४४९ जना , कैलाश गाउपालिकाको १० वटा विधालयको २५३ जना , हेटौडा उ.म.न.पा.को १३ वटा विधालयको २९३ जना , वकैया गाउपालिकाको ७ वटा विधालयको १५७ जना , मकवानपुरगढी र भीमफेदी गाउपालिका को १र१ वटा विधालयको क्रमश ६र३ जना विधार्थीहरु गरि जम्मा १४७३ जना विधार्थीहरुलाई संस्थाले शैक्षिक सहयोग वितरण गरेको छ ।

संस्थाले वर्षमा २ पटक शैक्षिक सामाग्री वितरण गर्ने गरेको छ भने हाल कोभिड महामारीको कारण बिधालय नियमित संचालन नभएको हुदा एक पटक मात्रै सामाग्री वितरण गरेको हो ।  विधार्थीहरुलाई सामाग्री वितरण संगसंगै बालविवाह , बाल श्रमशोषण , बाल अधिकार, हिसा , दुर्व्यवहार , मानव वेचविखन , पोषण , महिनावारी , लैंगिक हिँसा , असुरक्षित बसाइसराइ , बैदेशिक रोजगार सम्बन्धि विधार्थी तथा अभिभावकहरुलाई चेतनामुलक जानकारी पनि दिने गरेको छ ।

संस्थाको साझेदारी संस्था ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीले हालै मात्रै गएको पुष महिनाको ७ गते मकवानपुरको राक्सिरांग गाउपालिकामा सामाजिक लेखा परिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*