आजबाट मकवानपुरमा मास्क नलगाई हिँड्नेलाई जरिवाना हुने

हेटौंडा । मकवानपुरमा आजबाट मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना हुने भएको छ ।

आईतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढेको र जनस्वास्थ्यको मापदण्डलाई पालना गराउन मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो दिनहरुमा कोरोना संक्रमित बढीरहेको छ । जिल्लामा हाल १ हजार ५७१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*