चिकित्सक र स्वास्थ्यकर्मी धमाधम संक्रमित हुदै ,अस्पतालको सेवा प्रभावित

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप धेरै बढेको छैन् । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ ।

काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेको छ । संक्रमण दर अझै बढ्ने हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन् ।

विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा भने बाहिरका बिरामी भन्दा आफ्नै कर्मचारी संक्रमित भएकाले सेवा प्रभावित हुन थालेका छन् । आठ महिना अघि कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो । अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको चिकित्सकहरुको भनाइ छ ।

एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा कोभिड, नन् कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुन थालेको हो । सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाउनुका साथै उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*