मकवानपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्वरको मोटरसाइकललाई मनहरी–७ बिजौनास्थित ठक्कर दिँदा पर्सा जिल्ला बागेश्वरी घर भएका ४१ वर्षीय ओम प्रकाश गिरीएक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*