उत्तर कोरियाले फेरि दुई क्रुज मिसाइल प्रहार गर्‍यो

उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ ।

उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन् । उत्तर कोरियाले यो वर्ष (सन् २०२२) सुरु भएसँगै मिसाइल परीक्षण तीव्र बनाएको छ ।

यो वर्ष लागेसँगै उत्तर कोरियाले पाँचपटक मिसाइल परीक्षण गरिसकेको छ । जनवरी १७ मा उसले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यसअघि जनवरी ११ र ५ मा हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो ।

यसैगरी जनवरी १४ मा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार बनाउन प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले लगातार आफ्नो अस्त्र क्षमता बिस्तार गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*