आउँदो महिना रुसले युक्रेनमा सैन्य आक्रमण गर्न सक्छ – बाइडेन

युक्रेनमाथि आक्रमण गरे रुसको अर्थतन्त्रमा निशाना, इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने चेतावनी

रुसले आउँदो महिना ९फेब्रुअरी० मा युक्रेनमाथि सैन्य आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनमा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी बाइडेनले दिएको बताएको हो ।

यसैबीच रुसले तनाव समाधान हुने सम्भावना निकै कम रहेको बताएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसले बताएको हो ।

रुसले सैन्य गठबन्धन नेटोमा युक्रेनको प्रवेश बन्देज गरिनु पर्ने माग गरेको थियो, तर अमेरिकाले भने सो माग स्पष्ट रुपमा अस्वीकार गरेको छ ।
रुसले पछिल्लो केही हप्तामा युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ ।

अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् ।

टेलिफोन वार्ताको क्रममा बाइडेनले रुसले आक्रमण गरेको खण्डमा अमेरिकासहित साझेदार राष्ट्रहरुको साथ युक्रेनलाई रहने भनी जेलेन्स्कीलाई विश्वास समेत दिलाएको ह्वाइट हाउसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*