दार्चुलामा भारी हिमपात , जनजीवन कष्टकर

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ ।

लगातार परेको हिमपातका कारण दुई फिट बढी हिउँ जमेको छ । हिममातका कारण पानीको समस्या भएपछि हिउँ पगालेर पानी पिउनु पर्ने बाध्यता बनेको बताइएको छ ।

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको स्थानीय व्यासबासीले बताएका छन् । पहिला देखि नै परेको हिउँ नपग्लिएको र थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरी बेशक्याम्प बसेको गागाबाट छाङ्गरुसम्म जान पनि समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*