मकवानपुरमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि भएकाहरुमा ५९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि,९ जना थाहा नगरपालिका भित्रका,१० जना मनहरी गाउँपालिका भित्रका र २ जना भीमफेदी गाउँपालिका भित्रका रहेका छन् भने १ जना राक्सिराङ्ग गाउँपालिकाको रहेका छन् ।

यसैगरि,जिल्लामा आज थप २ सय ४६ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार १७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*