आज मकवानपुरमा थप ५३ जनामा कोरोना पुष्टि

हेटौंडा । मकवानपुरमा आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ जनामा पिसिआर र ५३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २६ जना र २७ जना गरी ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिल भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा बढी २५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि,मनहरीका १३ जना,इन्द्रसरोबरका ७ जना,थाहाका ४ जना,मकवानपुरगढीका २ जना,कैलाश र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।

यसैगरि,आज आईतबार जिल्लामा १ सय ९६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । जिल्लामा हाल ६ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*