हेटौंडाको गाम्रीण फिडर र रंगशाला फिडरमा दुई दिन विद्युत आपुर्ती बन्द हुने

हेटौंडा । मदन भण्डारी लोकमार्ग अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट देखि बागमतीको राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा आज र भोलि दुईदिन विद्युत आपुर्ती बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सूचना जारी गर्दै गाम्रीण फिडर र रंगशाला फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणले धरान चतरा (मदन भण्डारी लोकमार्ग) अन्तर्गतका अधिकार क्षेत्राधिकार भित्र पर्ने विद्युतिय पोल,तार सार्ने वा अद्यावधिक गर्ने कार्य रहेकोले सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म दुई दिन ४ घण्टा विद्युत आपुर्ती बन्द रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*