नेपाल आउँदै सलमान खान

काठमाडौं । भारतीय कलाकार सलमान खान नेपाल आउने भएका छन् ।

उनलाई पर्वतारोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् ।

पुर्जाले लेखेका छन्, सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।

विश्व कीर्तिमान राख्नुभएको पुर्जाले संसारका चर्चित कलाकारलाई जुटाएर काठमाडौँमा एक कार्यक्रम गर्ने तयारी गरेका छन् ।

भेटमा सलमानलाई पुस्तक दिँदै उनले नेपाल आउने निम्तो समेत दिएको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*