हेटौंडा-३ मा बोलेरो जिप र टिपर ठोक्किदा एकको मृत्यु,एक जना गम्भिर

हेटौंडा । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ को लेवटमा बोलेरो जिप र टिपर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

गएराति पश्चिम बाट पुर्ब तर्फ जादै गरेको मे १ च ५९९४ नंबरको बोलेरो पिकअप खाली गाडी र बिपरित दिशा बाट आउदै गरेको को १ क १३२८ नंबरको खाली टिपर हेटौंडा-३ को लेवटमा एक आपसमा ठक्कर खादा पिकअप गाडीमा सवार २ जना पुरुष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार घाईते दुबैलाई उपचारको लागी चुरेहिल अस्पताल पठाएको र एक जनाको उपचारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाण्डौ बालाजु नयाँबजार बस्ने अन्दाजी ४५ वर्षीय शिब कार्की रहेका छन् ।

यसैगरि,घाईते हुनेमा बोलेरोमा सवार सोहि ठाउँका अन्दाजी ५० वर्षीय दिनेश कार्की रहेका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*