ल्होसारको अवसरमा बागमती प्रदेशमा भोली सार्वजनिक विदा

मकवानपुरका तीन गाउँपालिकामा तीन दिन विदा

हेटौंडा । सोनाम ल्होसारको अवसरमा माघ १९ गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । ल्होसारकै अवसरमा मकवानपुरका तीन वटा गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएका छन् । विदा दिनका लागि प्रदेश सरकार र स्थानीय सरकारका बिचमा प्रतिस्पर्धा देखिएको छ । प्रदेश सरकारले एक दिन सार्वजनिक विदा दिएपनि मकवानपुरको बागमती गाउँपालिका, बकैया र राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिने भएका छन् ।

बागमती प्रदेशको सोमबार साँझ सकिएको मन्त्रीपरिषद बैठकले माघ १९ गते बुधबार प्रदेशमा ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होसार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती, राक्सिराङ र बकैया गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै तीन वटै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*