आइपीएल अक्सनमा नेपालबाट सन्दिप मात्रै

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि आफ्नो न्यूनतम मूल्य ६४ लाख नेपाली रुपैयाँ (४० लाख रुपैयाँ भारु) तोकेका छन्।

आइपिएलको मेगा अक्सनका लागि लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका हुन्।  नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनमा जाने भएका छन् । सन्दीप बाहेक नेपालबाट आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराए पनि उनीहरु कोही पनि छानिएनन्।

मेगा अक्सनका लागि १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिस्टमा ५ सय ९० खेलाडी मात्र छानिएका छन्।

अष्ट्रेलियाबाट ४७, अफगानिस्तानबाट १७, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४ र जिम्बावेबाट १ खेलाडी मेगा अक्सनमा सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*