हेटौंडामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए ।

उनिहरुले विरोध प्रदर्शनमा ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’,‘अर्थ मन्त्री राजीनामा दे’ भन्दै नारावाजी गरेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*