लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि

काठमाडौँ– लोक सेवा आयोगका स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। आयोगको बुधबार बसेको बैठकले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आयोगले माघ ६ गते सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो।

आयोगले सूचना जारी गर्दै स्थगित भएका उपसचिव वा सो सरह ९अप्राविधिकरप्राविधिक०, शाखा अधिकृत वा सो सरह ९प्राविधिक० र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*