सिमभञ्याङ–दामन क्षेत्रमा अझै हिमपात, अबरुद्ध त्रिभुवनराजपथ खुल्न सकेन

हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा दुइ दिन देखि निरन्तर हिमपात भए पछि अबरुद्ध त्रिभुवनराजपथ अझै खुलेको छैन ।

बिहिबार राति वर्षा संगै भारी हिमपात हुँदा अबरुद्ध त्रिभुवनराजप अझै खुल्न नसकेको हो ।  दुइदिन देखि अबरुद्ध सडक पानी र थप हिमपातका कारण पन्छाउन समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले सडकमा हिउँ जमेकाले सडक अबरुद्ध भएको बताउनुभयो । बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*