हेटौंडा-१९ मा लागू औषध सहित एक महिला पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागू औषध सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१९ बस्तीपुरमा डेरामा बस्ने बकैया-४ छतिवन घर भएकी २९ वर्षीया नानिमाया खत्री रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

पुस २१ गते शुक्रबार प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले खत्रीको कोठाबाट लागु औषध डाईजेपाम २८० एम्पुल,फेनार्गन २६८ एम्पुल र नुफिन २५० एम्पुल गरी जम्मा ७९८ एम्पुल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खत्री माथि थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*