हेटौंडामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एक घण्टे चक्काजाम

हेटौंडा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा हेटौंडामा एक घण्टे चक्काजाम गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा एक घण्टे चक्काजाम गरेका हुन् ।

उनिहरुले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपासमा प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।

पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा देशभर विरोध प्रदर्शन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*