प्रहरीद्वारा राक्सिराङ र कैलाशमा गाँजा र अफिम खेती नष्ट

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका भित्रका विभिन्न वडामा अबैध रुपमा लगाइएको अवैध लागुऔषध गाँजा र अफिम खेती फडानी गरिएको छ ।

“लागुऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम” अन्तर्गत लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाईएको लागुऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।

प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा जम्मा २९ बिगाह १० कठ्ठा अवैध लागुऔषध गाँजा, २१ बिगाह अफिम खेती फडानी तथा २०० किलो बराबरको काटि सुकाई राखेको लागु औषध गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा एक जना प्रहरीको टोलीले अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*