फागुन १ देखि मकवानपुरमा विद्यालय सञ्चालन हुने

हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले १ फागुनदेखि विद्यालय सञ्चालन हुने आदेश जारी गरेको छ । मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले सोमबार १ आदेश जारी गर्दै फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनको व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिएका छन् ।

‘विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउने ।,’ आदेशमा भनिएको छ ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन गर्न भनिएको छ । विद्यालय, क्याम्पस, संघ तथा प्रदेश लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएको छ ।

फागुन १ गतेदेखि मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने आदेशमा उल्लेख छ । मास्कको प्रयोग गर्दै भौतिक दूरी कायम र खोप कार्ड अनिवार्य हुने जनाइएको छ । साझाकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*