भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । त्यस्तै गत २४ घण्टामा थप १ लाख ८० हजार ४ सय ५६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको छ । तर कोरोना कारण मृत्यु हुनेको संख्या भने दैनिक रुपमा बढी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*