बाल हेल्पलाइन मकवानपुरद्वारा बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बाल हेल्पलाइन नेपाल मकवानपुरले मागेरै जीविकोपार्जन गर्ने बालबालिकाहरुलाई न्यानो कपडासहित खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

सोमबार संस्थाले सडकमा मागेरै जीविकोपार्जन गर्दै आएका हेटौंडा-११ थानाभर्याङकि ३१ वर्षीय सीता राना मगरको परिवारलाई संस्थाको परिसरमै बोलाएर खाधान्न, माक्स तथा न्यानो कपडा सहयोग गरेको हो ।

मगरको परिवारलाई ५० किलो चामल, ४ किलो खाने तेल, ४ पैकिड नमक, २ किलो मुसुरोको दाल, २ किलो चना, २ किलो केराउ, नुहाउँने साबुन ६ पिस र सर्जिकल माक्स २ पैकिडसहित चार जना बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरिएको बाल हेल्पलाइन नेपाल मकवानपुरका जिल्ला संयोजक झविन्द्र ज्ञवालीले बताए ।

समृद्व समाज राष्ट्रिय दैनिकका संवाददाता जमुना थिङ र सोही संस्थाका संवाददाता अञ्जना तामाङको पहलमा बाल हेल्पलाइन मकवानपुरले मगरको परिवारलाई सहयोग गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*