स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । यो संगै विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । चुनावको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउँने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

उनका अनुसार निर्वाचनको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० चाहिन्छ । तर चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । सो कारण समय कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने भएको छ ।

हिजो वैशाख ३० गते सरकारले एकैपटक स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ । आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ। ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर ७ सय ५३ वटै पालिकामा पठाउने आयोगको तयारी छ ।

२०७४ सालको निर्वाचन भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने सक्ने अनुमान गरिएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने बताइन्छ । यसपालि चुनावमा १२ अर्ब खर्च हुने आयोगले अनुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*