घिमिरेको मृत्युको विषयलाई लिएर चाइनाक्वाटरका स्थानीयद्वारा सडक अबरुद्ध

हेटौँडा । हिजो सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर स्थानीवासीले आज सडक अवरुद्ध गरेका छन् ।

मृतकका आफन्त तथा हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्द पारेका हुन् ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको हो।

बसको लापवाहीको कारण घिमिरेको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले सडक अबरुद्ध पारेको बताईएको छ । उनिहरुले बस चालकलाई कारबाहीको माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*